मेरो गाउँ ज्यामिरे - बाल गीत
मेरो गाउँ ज्यामिरे, जमुनिको छोरो म।
काले भन्छन् मलाई, तर मान्छे गोरो म।
सबै स्कुल गएछन्, जान्ने सुन्ने भएछन्।
म त अझै गोठमा, छैन हाँसो ओठ्मा।
किन किन मन यो, दुखे दुखे जस्तो छ।
यो ज्यामिरे गाउँमा, कुरो मात्र सस्तो छ।
सबै भन्छन् मलाई, स्कुल किन न गाको?
कसैले नि बुझेनन्, कापी कलम नभाको।
मेरो सानो गोठ नै, मेरो सानो स्कुल।
गोबरका अक्षर, पढ्न लेख्न मुश्किल।
No comments:
Post a Comment